काठमाडौं । सर्लाहीमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन् ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार अपराह्न करिब ३ बजेतिर आत्मदाहको प्रयास गरेका हुन् ।
गम्भीर अवस्थामा रहेका उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । घिमिरेले घटनापछि मण्डलको अवस्था गम्भीर रहेकाले तत्काल हेलिकप्टर मगाएर काठमाडौं पठाउने तयारी गरिएको जानकारी दिए ।
यसैबीच, सर्लाही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पनि मण्डलले आत्मदाहको प्रयास गरेको पुष्टि गर्दै उनको अवस्था नाजुक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराइसकेको उल्लेख गरेका छन् । साथै, घाइते मण्डलको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेको पनि उनले जनाएका छन् ।
घटनाको कारण भने तत्काल खुल्न सकेको छैन ।

प्रतिक्रिया