काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै सेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकरको दरमा वृद्धि भएको छ। आज साउन १ गतेदेखि सरकारले आर्थिक ऐनमा उल्लेखित नयाँ कर प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ।
नयाँ व्यवस्था अनुसार सेयर खरिद गरेर बिक्री गर्दा होल्ड गरिएको अवधिको आधारमा कर निर्धारण गरिएको छ।
अब कुनै पनि लगानीकर्ताले सेयर खरिद गरेको एक वर्षभित्रै बिक्री गरी नाफा आर्जन गरेमा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ, जुन अघिल्लो आर्थिक वर्षमा ७.५ प्रतिशत मात्र थियो। त्यसैगरी, सेयर किनेको एक वर्षभन्दा बढी समयपछि बिक्री गर्दा हुने नाफामा अब ७.५ प्रतिशत लाभकर लाग्नेछ, जुन यसअघि ५ प्रतिशतको हाराहारीमा थियो।
यससँगै सरकारले सेयर कारोबारको पुँजीगत लाभकरलाई ‘अन्तिम कर’ को मान्यता दिएको छ ।

प्रतिक्रिया