साँंगाको पुलमुनि मृत भेटिए शैलेश 

साँंगाको पुलमुनि मृत भेटिए शैलेश 


भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालीका-१० चित्तापोलस्थित झोलुङगे पुल तलको भित्री सडकखण्डमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक ईन्द्रावती गाउपालिका-३ घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालीका-१३ नयाँबस्ती सागाँ बस्ने बर्ष २३ का सैलेश भारती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई घटनास्थल शव जाँच मुचुल्का कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

सोही क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत भेटिएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।