दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न अनुमति नदिँदै जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई अदालतमा उपस्थित गराउँदै तीनवटा कसुरमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थपको अनुमति मागेको थियो । उनीमाथि साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले म्याद मागेको थियो ।

तर, जिल्ला अदालत भक्तपुरले प्रहरीको माग अस्वीकार गर्दै म्याद थप गर्न अनुमति दिएन । अदालतले थुनामा नराख्न आदेश दिएपछि प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति उनकै निवासबाट पक्राउ गरेको थियो ।

यता, प्रसाईंलाई पक्राउ गरिएको विषयमा उनकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी छन् ।