काठमाडौं,
लायन्स क्लब अफ काठमाडौं न्यू रोयल सिटी (जिल्ला ३२५ एफ) को आयोजनामा आज मंगलबार चिरयु नेसनल हस्पिटल, बसुन्धरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको थियो। ‘रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस्’ नाराका साथ आयोजित यस कार्यक्रममा जम्मा ३६ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।रक्तदान गर्ने सबै दाताहरूलाई आयोजक लायन्स क्लबले प्रमाणपत्र प्रदान गरेको थियो।
लायन्स क्लब अफ काठमाडौं न्यू रोयल सिटीका अध्यक्ष कल्पना श्रेष्ठका अनुसार यो कार्यक्रम ‘सेवा सर्वोपरी’ को भावना अनुरूप आयोजना गरिएको हो। क्लबले सानो दयालु कार्यले पनि अमूल्य जीवन बचाउन सक्ने कुरामा जोड दिएको छ।
कार्यक्रमलाई लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनी (जिल्ला ३२५ एम), चिरयु नेसनल हस्पिटल, ठमेल सिजन्स होटल, विकास टाइम्स लगायतका संस्थाहरूले सहयोग गरेका थिए।
रक्तदान कार्यक्रममा सहभागी भएका दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आयोजक क्लबले भविष्यमा पनि यस्ता जनहितकारी कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया