काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइएको छ ।
बिहीबार गुरुङको शव नेपाल ल्याइएको हो ।
उक्त हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ), पाकिस्तानी पर्वतारोही सोहेल साखी, नेपालका किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थीको पनि ज्यान गएको छ ।
१० सदस्यीय आरोही टोलीमा ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए । उनीहरू ब्रोड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परेका थिए ।
पुरबहादुरको शव नेपाल ल्याइएपछि परिवार र आफन्त भावविह्वल बनेका छन् ।

प्रतिक्रिया