तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ।पूर्वमेयर सिंहको आइतबार मध्याह्न शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
‘उहाँको शव केहीबेर अगाडि फेला परेको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए।
उनले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदारलाई सम्पर्क गरेका थिए।सम्पर्क गरेको क्षेत्रबाटै उनको शव फेला परेको एसपी भट्टले बताए।

प्रतिक्रिया