विद्यालय पुग्ने साखा सडकमा पर्खाल, २ महिनादेखी बाटो बन्द

विद्यालय पुग्ने साखा सडकमा पर्खाल, २ महिनादेखी बाटो बन्द


सिन्धुली । 

ठेकेदार कम्पनी र सडक आयोजना बिचको हानाथाप विद्यालय आवतजावत गर्ने सडक नै बन्द भएको छ ।

सिन्धुली-बर्दिवास सडक खण्ड अन्तर्गत बर्दिबासमा सडक विस्तार गर्ने क्रममा पहिले आवतजावत गर्ने ठाउँमा  पर्खाल लगाएपछि सडक नै बन्द भएको हो ।

सडक बन्द भएपछि देउराली उच्च माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरू मात्र हैन व्यवसाय समेत बन्द हुने स्थितिमा पुगेका छन ।

सडक बिस्तार गर्न पर्खाल लगाएको २ महिना बितिसक्दा पनि सडक विभाग , ठेकेदार कम्पनी र बिद्युत कार्यालयबीचको असमझदारीका कारण शाखा सडक अवरुद्ध भएको हो ।

एकले अर्कोलाई दोष थोपर्ने र कामबाट पन्छिन खोजेको देखिन्छ । उद्योग व्यवसाय संघ बर्दिबासका अध्यक्ष विष्णु खड्काले भने ‘वास्तवम मै साना नानीबाबुका लागी मात्र खतरा हैन  आवतजावत अवरुद्ध बनेपछि व्यापार, व्यवसायमा समेत समस्या सिर्जना बनिरहेको छ’ ।

कयौं पटक सडक  विभाग र स्थानीय सरकारलाई समेत अनुरोध गरेको बताउँदै अध्यक्ष खड्काले बालबालिकाहरूको असहजता र व्यापार, व्यवसायको संवेदनशीलता बुझिदिन आग्रह गरेका छन ।

ठेकेदार कम्पनी   शैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनले अहिले बर्दिवास सिन्धुली सडक खण्ड अन्तर्गत २.५ किलोमटर सडक चौडा बनाउने काम गरिरहेको छ ।

६ करोड ३० लाख ५४ हजार २ सय ८९ मा बन्दै गरेको सडक ठेकेदार कम्पनीलाई एक वर्ष भित्र सक्ने गरि १० माघ, २०७९ मा सम्झौता भएको थियो ।

१० माघ २०८० भित्र सक्नै पर्ने समयसिमा अनुसार ठेकेदार कम्पनीले अहिले तिव्ररुपमा कामलाई अगाडि बढाएको छ ।

पर्खाल लगाएर आवतजावत गर्न अवरुद्ध भएको भनिएको ठाउँमा ढलको कारणले काम अगाडी बढन नसकेको सडक आयोजनाका इन्जिनियर रमेश आचार्य वताउछन् ।

साखा सडकको ढल बनाउने हाम्रो मापदण्डमा छैन ।  आचार्यले भने ‘स्थानीय सरकारले ढल बनाइदिए तत्काल उक्त असहजता समाधान हुन्छ ।’

स्थानीय सरकारले पनि अवरुद्ध सडकमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले यसको लागी ठेकेदार कम्पनी, सडक विभाग र बिद्युत कार्यालयसँग कुरा भइरहेको बताए ।

बिद्युत कार्यालयका प्रमुख प्रविण कुमार मिश्रले पनि अव्यवस्थित बिजुलीको पोल हटाउने विषयमा गृहकार्य भइरहेको बताएका छन ।

सम्पूर्ण फाइल केन्द्र पठाइसकिएको बताउँदै स्वीकृत हुनासाथ टेन्डर आवह्वान गरेर काम अगाडि बढाईले प्रमुख मिश्रको भनाई छ ।

केन्द्र पठाएको फाइल अन्तिम चरणमा छ  मिश्रले भने ‘स्वीकृत हुनासाथ टेन्डर आवह्वान समेत सडक विभागले गर्नेछ ।’

तर प्रक्रियागत झनटिलोको कारण सडक चौडा गर्न तल उठाइएको पर्खालका कारण आवतजावतमा कष्टकर अवस्था सिर्जना बन्दै गएको छ ।