काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।
किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न नेपाल ल्याइएको हो ।
उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
साउन १४ मा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरूङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो ।
युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ ।

प्रतिक्रिया