बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ।
घटनामा संलग्नमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासीले बिहीबार बिहान सडक आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीले त्रिभुवन राजमार्ग अवरुद्ध गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सडक अवरुद्ध भएपछि सवारी आवागमन प्रभावित भएको छ भने यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग राखेका छन्। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै शान्तिपूर्ण वातावरण कायम राख्न स्थानीयसँग आग्रह गरेको छ।

प्रतिक्रिया