काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने क्रममा विभिन्न पदमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ ।
रास्वपाले ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । मनोनीत हुनेमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव छन् ।
त्यस्तै पार्टीले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सदस्यमा भूपदेव शाह, सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भानुभक्त राई मनोनीत भएका छन् ।
पार्टीले सहमहामन्त्री, प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारीसमेत तोकेको छ । पुरुषोत्तम यादवलाई सहमहामन्त्री, जगदीश खरेललाई प्रवक्ता र मनोहर प्रधानलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया