इलाम-काठमाडौं उडान पुनः सुरु, भाडा दर कति ?

इलाम-काठमाडौं उडान पुनः सुरु, भाडा दर कति ?


इलाम ।
इलामको सुकिलुम्वा विमानस्थलबाट काठमाडौं उडान पुनः सुरु हुने भएको छ ।

गत जेठ देखि ठप्प रहेको विमानस्थलबाट नेपाल एयरलाइन्सले आगामी असोज ४ गते देखि प्रत्येक बिहीबार देखी उडान सुरु गर्ने भएको हो ।

प्रत्येक बिहीबार काठमाडौंबाट बिहान ६ः३० बजे र इलामबाट बिहान ७ः३० बजे उडान हुने भएको छ ।

इलाम काठमाडौं भाडा दर ७ हजार ९२ रुपैयाँ र काठमाडौं– इलाम भाडादर ७ हजार २९२ रुपैयाँ रहेको छ ।

काठमाडौ–इलाम-काठमाडौ उडान मौसम तथा अन्य कारणले केही समय स्थगित भएको थियो ।

टिकट बुकिंग इसेवा लगायत नेपाल एयरलाइन्सको मोवाइल एपबाट गर्न सकिनेछ ।