चीनमा विदेश यात्रामा थप कडाइ, मानवअधिकारकर्मीद्वारा चिन्ता व्यक्त

चीनमा विदेश यात्रामा थप कडाइ, मानवअधिकारकर्मीद्वारा चिन्ता व्यक्त

चीनमा विदेश यात्रामा थप कडाइ


काठमाडौं । चीनले आफ्ना नागरिकको विदेश यात्रामा थप कडाइ गर्दै नयाँ नियम कार्यान्वयनमा ल्याएको छ।

नयाँ व्यवस्थाअनुसार विदेशमा रहँदा चीनको राष्ट्रिय सुरक्षा वा हितमा आँच पुर्याएको ठहरिएका नागरिकहरूलाई स्वदेश फर्केपछि तीन वर्षसम्म पुनः विदेश जान प्रतिबन्ध लगाउन सकिनेछ।
साथै, प्रविधि आयात(निर्यातसम्बन्धी नियम उल्लङ्घन गर्ने र औद्योगिक सुरक्षामा खतरा पुर्याउने व्यक्तिहरूलाई पनि भ्रमणमा रोक लगाउन सकिने प्रावधान राखिएको छ।

चिनियाँ अधिकारीहरूले भने यो नियम राष्ट्रिय सुरक्षाका साथै ठगी र मानव तस्करी जस्ता अपराधबाट नागरिकलाई जोगाउन ल्याइएको भन्दै सर्वसाधारणलाई असर नपर्ने दाबी गरेका छन्।

तर मानवअधिकारकर्मी र विश्लेषकहरूले यसलाई विदेशमा रहेका आफ्ना नागरिकको अभिव्यक्ति स्वतन्त्रता र गतिविधि नियन्त्रण गर्ने बेइजिङको अर्को रणनीतिका रूपमा टिप्पणी गरेका छन्।

मानवाधिकार संस्था ‘सेफगार्ड डिफेन्डर’का अनुसार चीनमा नागरिकमाथि लगाइने यात्रा प्रतिबन्धको सङ्ख्या पछिल्ला वर्षहरूमा १ लाख ८८ हजारभन्दा बढी पुगिसकेको छ।