कांग्रेसमा उम्मेदवारी दर्ता शुल्कको अंकगणित: सभापतिलाई ४० हजार, अरूलाई कति ?

कांग्रेसमा उम्मेदवारी दर्ता शुल्कको अंकगणित: सभापतिलाई ४० हजार, अरूलाई कति ?

सभापति बन्नै ४० हजार! कांग्रेसमा नेतृत्वको दौड कि महँगो बोली?


काठमाडौं । नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ।  कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ आज जारी गरेको छ। समितिले जारी गरेको निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेदवार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ।

केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्वाचन निर्देशिकालाई सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।  कांग्रेस सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यससँगै उम्मेदवारी दर्ता गर्दा ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।  यसैगरी, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेदवार सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्नेछ। केन्द्रीय सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ।

यस्तै, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।  कांग्रेसले प्रदेश सभापतिका लािग २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ।

निर्वाचन निर्देशिकामा वडा सभापतिका लागि लागि पनि एक हजार शुल्क लाग्नेछ। त्यस्तै, वडा उपसभापति, सचिव, सहसचिवका लागि सात, सदस्यका लागि पाँच सय र क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने कांग्रेसले व्यवस्था गरेको छ।