काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई कास्कीका बालगृहहरूले आश्रय दिने भएका छन्।
कास्कीमा रहेका २५ वटा बालगृहहरूले राज्यले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेमा १ सय ७० जना बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता जनाएका हुन्।
बालगृह सञ्जालका अनुसार तत्कालका लागि १०८ जना बालबालिकालाई आश्रय दिन सकिने र आकस्मिक अवस्था आएमा थप ६२ जना गरी कुल १ सय ७० बालबालिकाको सम्पूर्ण जिम्मेवारी र व्यवस्थापन गर्न सकिनेछ।

प्रतिक्रिया