अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं । नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत वाग्लेसँग भेट भएको जानकारी दिएका हुन् । भेटमा उनले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको बताएका छन् ।

भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जयशंकरले उल्लेख गरेका छन् । विशेषगरी आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य सुदृढ गर्ने उपायबारे छलफल भएको उनले बताएका छन् ।

जयशंकरले भेटलाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिसँग जोड्दै नेपालसँगको समग्र सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएका छन् ।