नेकपाले गठन गर्‍यो कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति

नेकपाले गठन गर्‍यो कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकहरूबीच एकताको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय कार्यसंयोजक समिति बैठकले वार्ता समिति गठन गरेको हो ।

समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ रहेका छन् ।

समितिलाई विचार मिल्ने गणतन्त्रवादी दल तथा समूहसँग पार्टी एकताका लागि वार्ता र पहल गर्ने जिम्मेवारी दिइएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताए । उनका अनुसार एउटै कम्युनिस्ट पार्टी निर्माणको पहलस्वरूप विभिन्न कम्युनिस्ट घटकसँग वार्ता गरिनेछ ।