भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा सरकार कति कमजोरः सांसद राई

भोटेकोशी बाढी पीडितको राहत र पुनर्निर्माणमा सरकार कति कमजोरः सांसद राई


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत वितरणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा उनले राहत पु¥याउने सडक तत्काल मर्मत गर्न र विस्थापितहरूको सुरक्षित पुनस्र्थापनाको लागि ठोस योजना ल्याउन माग गरेका हुन् ।

सांसद राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि त्यहाँको अवस्था अत्यन्त दर्दनाक रहेको संसदलाई जानकारी गराए ।