काठमाडौं । मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बंगालको खाडीमा विकसित भएको न्युन चापीय प्रणाली शक्तिशाली बन्दै गएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा समेत पर्ने बताएका छन् ।
बुधवार एक अन्तरवार्तामा उक्त प्रणाली बिहीवार बिहानसम्म भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताएका हुन् ।
उनले बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिने भएको कारण यही शुक्रवारदेखि अगामी आईतवारसम्म भारी वर्षाको सम्भावना रहेको बताए ।

प्रतिक्रिया