देशभर बिहानैदेखि वर्षा, जनजीवन प्रभावित

देशभर बिहानैदेखि वर्षा, जनजीवन प्रभावित


काठमाडौँ । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै बिहानैदेखि वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित भएको छ भने देशका विभिन्न भागमा विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्रले भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ। यो प्रणालीले उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहँदा नेपालमा पनि यसको प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशमा धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज ८ गते
दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

रातिः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ्र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

भोलि असोज ९ गते शुक्रबार
दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका साथै मधेश प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू(भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति देशभर अधिकांश बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी, र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जनङचट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका र कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी, मधेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

पर्सि असोज १० गते शनिबार
दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोशी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, साथै मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।