खाजा खान पनि आलोपालो -रास्वपाले आफ्ना सांसदलाई संसद्‌मा बस्न बनायो नयाँ तालिका

खाजा खान पनि आलोपालो -रास्वपाले आफ्ना सांसदलाई संसद्‌मा बस्न बनायो नयाँ तालिका


काठमाडौं । संसद्‌मा सांसदहरूको उपस्थिति पातलिँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि पालो तोकेको छ।
संसद्‌को शून्य समयका आधारमा तयार पारिएको वर्णानुक्रम अनुसार रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले असोज ८ गतेदेखि १६ गतेसम्म फरक(फरक संख्यामा सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।
हालैका दिनहरूमा संसद्‌मा सांसदहरूको उपस्थिति खस्किएको र पहिलो लहर नै खाली देखिन थालेपछि रास्वपाले यस्तो कडाइ गरेको हो। सांसदहरूलाई खाजा खानसमेत आलोपालो बाहिर निस्कन भनिएको छ।
यसअघि अनुपस्थितिको कारण खुलाएर ‘गुगल फर्म’ भर्नुपर्ने नियम लागू गरे पनि सांसदहरूले पालना नगरेपछि रास्वपाले यो नयाँ व्यवस्था लागू गरेको हो।