काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीवारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तिब्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा शतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालको हिमाली तथा पहाडी भूभाग नजिक अवस्थित छ ।
यसका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा आगामी २४ घण्टासम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया