महिला कबड्डीमा नेपाल काँस्यमै सिमित

महिला कबड्डीमा नेपाल काँस्यमै सिमित


काठमाडौं । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औं एशियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ ।

टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८–२४ को फराकिलो अन्तरले पराजित भएको हो ।

यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो । गत १९औं संस्करणको एसियाली खेलकुदमा पनि नेपाली टोली सेमिफाइनलमा रोकिएको थियो ।

यसपल्ट लामो तयारी रहेकाले नेपाल फाइनलमा पुग्ने आशा गरिए पनि असफल भयो । बलियो भारतसँग नेपाली खेलाडीले डिफेन्स र अफेन्समा राम्रो गर्न सकेन । सुरुको केही समय दबाब बनाए पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन ।