काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष टी–२० क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।
जापानमा जारी प्रतियोगिताको समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै १२ वर्षअघिको हारको बदला लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले ३४ र कप्तान रोहित पौडेलले ३३ रनको योगदान दिए।
बलिङतर्फ कुशल भर्तेलले ४ ओभरमा १ मेडनसहित २१ रन दिएर ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिएका थिए। यस जितसँगै नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

प्रतिक्रिया