काठमाडौं । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्कराज राई साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले दिलमायालाई अंश दिनुपर्ने फैसला गरेको छ।
कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दिलमायाले २०७३ असोजमा दायर गरेको मुद्दामा अदालतले वादी र प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा नभएको भन्दै कुल पाँच अंशियार कायम गरेर सम्पत्ति छुट्याउनुपर्ने ठहर गरेको हो।
fissure र नाता-पुस्तावली अध्ययन गर्दा हर्कराज, उनका दुई दाजुहरू, आमा र अर्की पत्नी गरी पाँच अंशियार कायम भएको छ।
जसअनुसार हर्क साम्पाङको भागमा पर्ने १ र ५ हिस्सालाई पुनः ३ भाग लगाएर दिलमायालाई १ र १५ भाग अंश दिनुपर्ने फैसला अदालतले गरेको छ। दिलमायासँग २०५४ सालमा प्रेम विवाह भएको र उनीहरूका तर्फबाट १७ वर्षकी छोरी रहेकामा घरेलु हिंसा र परस्त्री सम्बन्धको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको थियो।

प्रतिक्रिया