काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा क्रियाशील सदस्यता र प्रतिनिधिको नाम मनपरी गायब पारिएको विषयलाई लिएर भीषण झडप भएको छ।
मनोनयन दर्ताका क्रममा प्रतिनिधिको नामावलीमा धाँधली गरिएको र आफ्ना मान्छे मात्रै राखिएको भन्दै सुरु भएको विवादले उग्र रूप लिँदा अधिवेशन स्थलमै हाथापाई, तोडफोड र कुटाकुट भएको हो।
झडपका क्रममा ५० भन्दा बढी कुर्सी तोडफोड भएका छन् भने कार्यवाहक सभापति र क्षेत्रीय सभापतिका उम्मेदवारसहित केही नेता(कार्यकर्ता घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको छ भने मनोनयन दर्ता प्रक्रिया नै रोकिएर अन्योल सिर्जना भएको छ।

प्रतिक्रिया