रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कमा रक्सीले मातेका एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएका छन् ।
सन्धिखर्क नगरपालिका–११ रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले शुक्रबार दिउँसो घरमै रहेकी ३६ वर्षीया श्रीमती सुनिता मुखियामाथि आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका बेला खिमबहादुर रक्सीले मातेका थिए ।
आगोले जलेर घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
उनलाई थप उपचार आवश्यक देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।
उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको र अझै मदिराले नछाडेका कारण घटना के कारणले भएको हो भन्ने विषयमा खुलिनसकेको उनको भनाइ छ ।

प्रतिक्रिया