काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसले महाधिवेशनको सबै तयारी पूरा भइसकेको जानकारी दिए।
महाधिवेशनको उद्घाटन सभापतिले गर्ने परम्परा अनुसार गगन थापाले नै उद्घाटन गर्ने छन् । हालसम्म सभापति पदमा थापालाई कसैले चुनौती नदिएको बताउँदै प्रवक्ता चालिसले १५औँ महाधिवेशनबाट सकभर सर्वसम्मत रूपमा र नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास गरिने स्पष्ट पारे।
महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा सभापति गगन थापाले, समसामयिक प्रतिवेदन उपसभापति विश्वप्रकाश शर्माले र सङ्गठनात्मक प्रतिवेदन महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, महाधिवेशन व्यवस्थापन अन्तर्गत हरेक प्रतिनिधिले ३,५०० रुपैयाँ शुल्क बुझाएपछि सानेपास्थित पार्टी कार्यालयबाट झोला उपलब्ध गराइने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया