काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले दर्ता शुल्कबापत ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। दर्ता शुल्कसँगै प्रतिनिधिलाई महाधिवेशनका लागि आवश्यक सामग्रीसहितको झोला उपलब्ध गराइएको छ।
प्रतिनिधिले पाउने झोलामा गाजाबाट बनेको स्थानीय झोला, डायरी, पेन, नेपाली कांग्रेसको विधान तथा परिचयपत्र रहेका छन्।
त्यसैगरी, दर्ता शुल्कमै महाधिवेशन अवधिभरका लागि खाना, खाजा र नास्ताको व्यवस्था पनि समेटिएको छ। प्रतिनिधिलाई चार दिनका लागि खाना, खाजा तथा नास्ताको कुपन उपलब्ध गराइएको छ।
यसरी ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्कमा महाधिवेशन प्रतिनिधिले सामग्रीसहितको झोला, आवश्यक दस्तावेज र चार दिनको खाना, खाजा तथा नास्ताको सुविधा पाउने व्यवस्था गरिएको हो।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा हुँदै छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदै छन्।

प्रतिक्रिया