काठमाडौँ । सामाजिक तथा राजनीतिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका नेपाली कांग्रेसका नेता नवराज शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वसभापति एवम् १३औँ, १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्य शिवाकोटीले पार्टी संगठनको सुदृढीकरण, आन्तरिक एकता र बदलिँदो समयअनुसार कांग्रेसलाई थप जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्नुभएको हो।
नेविसंघदेखि प्रवासको राजनीति र सामाजिक सक्रियतानेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गर्नुभएका शिवाकोटी नेपाल तरुण दल र नेपाली जनसम्पर्क समिति हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यसहित अघि बढ्नुभएको हो।
पुर्ख्यौली घर तेह्रथुम भई हाल मोरङमा बसोबास रहेका उहाँ दक्षिण कोरियामा रहँदा व्यावसायिक तथा सामाजिक गतिविधिमा उत्तिकै सक्रिय रहँदै आउनुभएको छ।
नेपाल–दक्षिण कोरिया सम्बन्ध र गैरआवासीय नेपाली समुदायका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई सन् २०२१ मा सियोल महानगरपालिकाले ‘मानार्थ सियोल नागरिकता’ बाट सम्मान गरेको थियो।
पार्टी सुदृढीकरण र नयाँ पुस्ताको समन्वयमा जोड उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले आफ्नो यो निर्णयलाई केवल व्यक्तिगत आकाङ्क्षा नभई लामो समयदेखि संगठनमा पुर्याएको योगदान र प्राप्त अनुभवप्रतिको निरन्तरता भएको बताउनुभएको छ।
पार्टी सुदृढीकरण र नयाँ पुस्ताको समन्वयमा जोड
उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले आफ्नो यो निर्णयलाई केवल व्यक्तिगत आकाङ्क्षा नभई लामो समयदेखि संगठनमा पुर्याएको योगदान र प्राप्त अनुभवप्रतिको निरन्तरता भएको बताउनुभएको छ।
“अग्रज नेताहरूको मार्गदर्शन, समकालीन साथीहरूको सहकार्य र नयाँ पुस्ताको ऊर्जालाई समेटेर पार्टीलाई समयअनुकूल रूपमा अघि बढाउन मेरो उम्मेदवारी रहनेछ,” शिवाकोटीले भन्नुभयो, “यस महत्त्वपूर्ण राजनीतिक यात्रामा सम्पूर्ण आदरणीय अग्रजहरू, समकालीन साथीहरू र महाधिवेशन प्रतिनिधिज्यूहरूको साथ, सहयोग र मतको अपेक्षा गरेको छु।”

प्रतिक्रिया