काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यको संख्या सार्वजनिक गरेका हुन् ।
उनका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा ८ लाख ७० हजार क्रियाशील सदस्य थिए । १५औँ महाधिवेशनसम्म आइपुग्दा क्रियाशील सदस्यको संख्या करिब १ लाखले बढेको हो ।
जेनजी पुस्तालाई पार्टीको सदस्य बनाउने र उनीहरूलाई केन्द्रीय समितिसम्म ल्याउने योजनाका कारण क्रियाशील सदस्यको संख्या बढेको चालिसेले बताए ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार दोस्रो दिन बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चारवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया