कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनको समय थप

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनको समय थप


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप गरिएको जनाएको हो ।

यसअघि मंगलबार दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । समय अपुग भएपछि दर्ताको कार्यक्रम थप दुई घण्टा बढाइएको हो ।

निर्वाचन समितिले तोकिएको थप समयभित्र मनोनयनपत्र दाखिला गर्न सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यहरूलाई सूचित गरेको छ ।