काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
उनले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। निर्वाचन समितिले मनोनयन दर्ताको समय मंगलबार साँझ ६ बजेसम्मका लागि थप गरेको छ।

प्रतिक्रिया