गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

थापाले साँझ राष्ट्रिय सभागृह पुगेर सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दर्ता गर्न छुटेको हुन सक्ने भन्दै कांग्रेस निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय थप गरेको थियो। समितिले उम्मेदवारी दर्ताको समय बेलुकी ७ बजेसम्मका लागि बढाएको हो।