ब्लु डायमण्ड सोसाइटी (BDS) को २५ औँ वार्षिकोत्सव (रजत उत्सव) को अवसरमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, समानता र न्यायका लागि भएको २५ वर्षे सङ्घर्षलाई ‘सुनौलो इतिहास’ को संज्ञा दिएका छन्।
२० वर्षअघि कानुन व्यवसायीका रूपमा ऐतिहासिक सुनिलबाबु पन्तको मुद्दामा बहस गर्दाको क्षण सम्झँदै न्यायाधीश फुयालले भूमिका श्रेष्ठको ‘म रहरले यस्तो भएको होइन’ र मनीषा ढकालको २ मिनेटको सशक्त प्रस्तुतिले अदालतलाई सामाजिक यथार्थसँग जोडेको बताए।

प्रतिक्रिया