कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो

कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो ।

यसअघि प्रकाशित निर्वाचन तालिका अनुसार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ५ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार मतदान प्रक्रियालाई सहज बनाउन र सम्पूर्ण प्रतिनिधिहरूलाई मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्न समय बढाइएको जनाइएको छ । समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालाहरूलाई संशोधित समय अनुसार मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।