कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सभागृहमा, अन्य मतपत्र सानेपामा

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सभागृहमा, अन्य मतपत्र सानेपामा


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको मतको गणना आजै हुने भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिनेछ ।

अन्य पदका लागि खसेका मतपत्र भने आजै पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिने उनले बताए । सभापति पदको नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना सुरु गरिने कटुवालले जानकारी दिए ।