काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, ८ जना घाइते

काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, ८ जना घाइते


बारा ।

काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निजगढ–८ का २० वर्षीय विकासकुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, उनकी ६३ वर्षीया श्रीमती सजियादेवि चौधरी, १७ वर्षीय आदित्य भण्डारी, ३० वर्षीया सुमित्रा पौडेल र उनका ८ वर्षीय छोरा सारान्स न्यौपाने घाइते छन्।

यस्तै जितपुर सिमरा उपमहानगर१६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ र सिन्धुली दुधौली नगर–९ का ७ वर्षीय किसान पोखरेल घाइते छन्।

उनीहरूको एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।