काठमाडौं । विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट भएर २३५ रन बनाएको हो ।
नेपालका रोहितकुमार पौडेलले शतकीय पारी खेले । रोहितले १२५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरे । उनी एकदिवसीयमा नेपालका लागि तेस्रो शतक बनाउने पहिलो खेलाडीसमेत बनेका छन् । रोहितले १०१ रन बनाए ।
पौडेललाई साथ दिएका गुल्शन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३, रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको छुन सकेनन् । दीपेन्द्रसिंह ऐरी ६, आसिफ शेख ४ रनमा आउट हुँदा इशान पाण्डे भने डकआउट भए ।
क्यानडाका लागि अखिल कुमारले ४, सुखजिन्दरले ३ तथा र जहिद शिरजादले २ विकेट लिए ।
टस जितेर क्यानडाले पहिले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको थियो ।

प्रतिक्रिया