नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (महिला) मा रोचक प्रतिस्पर्धा देखिएको छ । महामन्त्रीका उम्मेदवारहरुमा डिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रिता खनाल छन् । जारी मतगणनामा डिलाले १ हजार ५ सय १७ मत ल्याउँदा डिनाले १ हजार ३९८ मत पाएकी छिन् । त्यस्तै, अर्की उम्मेदवार खनालले ३६५ मत पाएकी छिन् ।

प्रतिक्रिया