नेकपा संयुक्तका नेता तथा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेल अब जिवित रहेनन्

नेकपा संयुक्तका नेता तथा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेल अब जिवित रहेनन्


काठमाडौं । नेकपा संयुक्तका प्रभावशाली नेता एवं जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलको असामयिक निधन भएको छ।

अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कीर्तिपुर अस्पताल पुर्‍याइएका पौडेललाई अस्पतालको आकस्मिक कक्षमा जाँच गर्दा ल्याइपुर्‍याउँदै निधन भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले पुष्टि गर्नुभएको छ।

लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहनुभएका डा. पौडेल एमाले विभाजनपछि एकीकृत समाजवादीमा हुनुहुन्थ्यो। एकीकृत समाजवादी र माओवादीबिच एकता प्रक्रिया सुरु भएपछि असहमति जनाउँदै उहाँ पछिल्लो समय नेकपा संयुक्तमा सक्रिय हुनुहुन्थ्यो भने सञ्चार क्षेत्रमा जनता टेलिभिजनको नेतृत्व गर्दै आउनुभएको थियो।