कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडालाई १ हजार ४३९ मत

कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडालाई १ हजार ४३९ मत


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले १ हजार ४३९ मत प्राप्त गरेका छन् ।

३ हजार २८८ मत गणना हुँदा खतिवडाले उक्त मत प्राप्त गरेका हुन् । त्यस्तै, अजय सिवाकोटीले १ हजार ४६, डिल्लीराम सुवेदीले ८२९ र देवेन्द्रराज कँडेलले ७१० मत प्राप्त गरेका छन् ।

यसैगरी, विकास कोइरालाले ५५८, राजीव ढुंगानाले ५०१, रमेशप्रसाद धमलाले ३९४, अमृतकुमार अर्यालले ३५० र विमलराज क्षेत्रीले १३७ मत प्राप्त गरेका छन् ।