महिलामाथि अश्लील दुर्व्यवहार र धम्कीको अडियो काण्डमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले तत्काल पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न कडा सुझाव दिएका छन्!
सामाजिक सञ्जालमार्फत कडा प्रहार गर्दै किरातीले सांसद पद सत्ताको साधन मात्र नभएर सार्वजनिक नैतिकताको सर्वोच्च मानक भएको उल्लेख गर्दै नयाँ राजनीति संस्कारको ढोङ रच्नेहरूलाई ऐना देखाइदिएका छन्!

प्रतिक्रिया