काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अश्लील अडियो र ब्ल्याकमेलिङ काण्डमा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सोझै संसदीय छानबिनको माग गर्नुभएको छ!
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले यो विषय केवल एउटा पार्टीको आन्तरिक मामिला मात्र नभएर संसद् र जनप्रतिनिधिकै मर्यादामाथि गम्भीर प्रश्न भएको बताउनुभयो!

प्रतिक्रिया