कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका थापाले मंगलबार प्रदेशको बजेट पारित भएपछि सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्ट रहँदै आएका थिए ।
सभामुख भण्डारीले थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् । थापा लामो समय सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।

प्रतिक्रिया