अर्कैको मृत बाछो बोकेर मरुभूमिमा हिँड्ने हात्ती आमाको फोटोले संसारलाई नै भाबुक बनायो

अर्कैको मृत बाछो बोकेर मरुभूमिमा हिँड्ने हात्ती आमाको फोटोले संसारलाई नै भाबुक बनायो


काठमाडौं । नामिबियाको मरुभूमिमा मृत जन्मेको बच्चालाई सुँडमा बोकेर हिँडिरहेकी पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ।

लन्डनस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको तस्बिरले पहिलो स्थान हासिल गरेको हो। नामिबियाको हुआब नदी किनारमा खिचिएको उक्त तस्बिरले हात्तीको मातृत्व, भावनात्मक जीवन र उनीहरूले भोग्ने गम्भीर पीडालाई उजागर गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार उक्त पोथी हात्तीले दुई वर्षअघि आफ्नै बच्चा गुमाएकी थिइन् र त्यसयता अन्य हात्तीका मृत बच्चालाई बोकेर हिँड्ने गरेकी छिन्।

नामिबियामा खडेरी र मानव(वन्यजन्तु द्वन्द्वका कारण सिर्जना भएको तनावले हात्तीका नवजात बच्चाहरूको मृत्युदर अत्यधिक बढेको भन्दै संरक्षणकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।