काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस-आर्यतर्फको सहमहामन्त्री पदमा मनोजमणि आचार्यले सुरुआती अग्रता बनाउनुभएको छ।
सानेपास्थित केन्द्रीय कार्यालयमा १ हजार ७०७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्नुभएको छ। उहाँलाई ५ सय ४५ मतका साथ जगदीश्वर नरसिंह केसीले पछ्याइरहनुभएको छ।
दुई उम्मेदवारबीच हाल ७८ मतको अन्तर रहेको छ। यस्तै, सहमहामन्त्रीका अर्का उम्मेदवार दिनेश कोइरालाले ३ सय ३१ मत र शुभराम बस्नेतले १ सय १४ मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेको छ।

प्रतिक्रिया