काठमाडाै । नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आश्विन शुक्ल पञ्चमीका दिन कमलको फूलमाथि सिंहासनमा विराजमान देवी स्कन्दमाताको पूजा गर्नाले शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने पौराणिक मान्यता छ। सनत्कुमारकी माता भएकाले पार्वतीलाई स्कन्दमाताका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। गत असोज २५ गते वैदिक विधिपूर्वक घटस्थापना गरी सुरु भएको दसैँका अवसरमा देशका प्रमुख शक्तिपीठ र मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। नवरात्रभर दुर्गा सप्तशती पाठ गर्दै विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा लगाउने गरिन्छ।

प्रतिक्रिया