शोक र बाध्यताका बीच दसैँ मनाउन गाउँ फर्किँदै स्मृतिको टोली

शोक र बाध्यताका बीच दसैँ मनाउन गाउँ फर्किँदै स्मृतिको टोली


काठमाडौँ। देशमा बाढीपहिरो र दुःखद घटनाका कारण धेरै नेपाली परिवारमा दसैँको उल्लास हराएको छ। यस्तै शोक र पारिवारिक बाध्यताका बीच मानिसहरू गाउँ फर्किरहेका छन्।

दोलखा शैलुङकी स्मृति बुढाथोकीले एक महिनाअघि नै टिकट काटेकी थिइन्। तर, यस वर्ष देशमा परेको शोक र विपत्तिका कारण उनीभित्र पहिलेको जस्तो खुसी र उत्साह छैन।