काठमाडाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
पाँच पदका लागि ३६ जना उम्मेदवारबिच भएको प्रतिस्पर्धामा डा. मिश्र १ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभएको हो।
निर्वाचित भएपछि डा. मिश्रले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित आम नागरिकका समस्या, चुनौती र आवश्यकताहरूलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया